ती सबै काम पार्टी एकताकै निम्ति गरिएको थियो र कमरेड ?

ती सबै काम पार्टी एकताकै निम्ति गरिएको थियो र कमरेड ?

प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो साँझ पार्टी एकताको निम्ति ६ बुँदे आह्वान गर्नुभएको छ । आह्वानबाट सबैभन्दा पहिले पार्टीमा समस्या छ भन्ने कुरोलाई लिखित रुपमा स्वीकारिएको देखिन्छ । भलै उहाँले भाषण, कुराकानी र अन्तर्वार्तामा त्यो स्वीकार गर्नुभएको थिएन ।

“सँगठन बनाउने,बढाउने उध्देश्य हुन्थ्यो भने सरकार अकन्टक तर तीन बर्षसम्म कमिटी लथालिङ्ग हुने नै थिएन । “

तर,नवौं महाधिवेशनसम्म एकताबद्ध ढंगले अघि बढेको एमाले पार्टी अध्यक्षता उहाँको तर नीति अर्को पक्षको पारित भएपछि किन अलमलमा पर्यो होला ? सय सीटमा उठेर पनि एमाले सबैभन्दा ठूलो दल कसरी बन्यो होला ? तत्कालीन माओवादी केन्द्रसँग तालमेल गरेर निर्वाचनमा विजयी भएपछि औपचारिक रुपमा एकीकृत गर्नुअघि रातारात एमालेको अर्का पक्षका नेताहरुलाई पत्तै नदिई २०७५ जेठ ३ गते पार्टी एकताको घोषणा कसले गरेको थियो ? के लागि गरिएको थियो होला?

“जननिर्वाचित प्रतिनिधिहरुलाई बेरोजगार बनाउने पुस ५ र जेठ ९ का दिन गरिएको प्रतिनिधिसभा विघटन पार्टीको हितमा थियो कि आफ्नो निजी स्वार्थमा ?”

उत्तर सहज छ,आफ्नै लागि । अध्यक्ष केपी ओलीको नेतृत्वमा बन्ने सरकारलाई सहजताको लागि । त्यो पार्टी संगठन सुदृढ बनाउनको लागि थिएन । अन्यथा, रातारात पार्टीका निर्वाचित पदाधिकारीलाई जानकारी नदिई कुनैपनि नेतृत्वले छापामार शैलीमा त्यस्तो निर्णय नै गर्दैन । सँगठन बनाउने,बढाउने उध्देश्य हुन्थ्यो भने सरकार अकन्टक तर तीन बर्षसम्म कमिटी लथालिङ्ग हुने नै थिएन ।

“नवौं महाधिवेशनसम्म एकताबद्ध ढंगले अघि बढेको एमाले पार्टी अध्यक्षता उहाँको तर नीति अर्को पक्षको पारित भएपछि किन अलमलमा पर्यो होला ?”

“घोर दक्षिणपन्थी जसपाभित्रको महन्थ ठाकुर र राजेन्द्र महतो समूहलाई कुन मोहले च्यापियो ?

अर्कोतर्फ,जननिर्वाचित प्रतिनिधिहरुलाई बेरोजगार बनाउने पुस ५ र जेठ ९ का दिन गरिएको प्रतिनिधिसभा विघटन पार्टीको हितमा थियो कि आफ्नो निजी स्वार्थमा ? प्रचण्डलाई आधी कार्यकाल दिनु नपरोस् भनेर एकता टुटाइएको हो कि हैन ? घोर दक्षिणपन्थी जसपाभित्रको महन्थ ठाकुर र राजेन्द्र महतो समूहलाई कुन मोहले च्यापियो ?

“नागरिकता अध्यादेश एमालेको सँगठन बिस्तारका निम्ति थियो या आफ्नो पदीय निरन्तरताको लागि ?”

१९ जना सांसद रहेको उक्त समूहलाई १० वटा मन्त्रालय किन दिइयो ? त्यो काम पार्टी संगठन मजबुत बनाउनका लागि थियो वा आफ्नो सत्ताको हल्लेको नट बोल्टु कस्ने चाहनाको उपज थियो ?

”१९ जना सांसद रहेको उक्त समूहलाई १० वटा मन्त्रालय किन दिइयो ?”

नागरिकता अध्यादेश एमालेको सँगठन बिस्तारका निम्ति थियो या आफ्नो पदीय निरन्तरताको लागि ? सर्वोच्चमा परेको मुद्दाबाट हस्ताक्षर फिर्ता लिने शर्त सम्बिधान रक्षाको लागि हो या प्रतिनिधि सभा पुनर्स्थापना भएपछि आफ्नै पदीय निरन्तरताको लागि ? आफ्नो शेषपछि पार्टीको अवस्था र नेतृत्व विकासको कुनै मतलब राखियो या राखिएन ?स्वतन्त्र वाम बिश्लेषकहरु भन्छन्- प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीको हिजोको आह्वान पनि संगठनको मायाले नभई प्रधानमन्त्रीको कुर्सी जोगाउने अभिप्रायले आएकोमा कुनै शंका छैन ।

“सय सीटमा उठेर पनि एमाले सबैभन्दा ठूलो दल कसरी बन्यो होला ? “

-हरि गजुरेलबाट

टिप्पणीहरू