माधव समूहले भोट दिने भएपछि सुदूरपश्चिमका मुख्यमन्त्रीलाई कम्फर्टेबल

माधव समूहले भोट दिने भएपछि सुदूरपश्चिमका मुख्यमन्त्रीलाई कम्फर्टेबल

आज विश्वासको मत लिन लाग्नुभएका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई काँग्रेस र एमालेको माधव नेपाल समूहले सहयोग गर्ने भएका छन् ।

नेपाल समूहले विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा उभिने निर्णय गरेको छ भने काँग्रेसले सरकार ढल्ने अवस्थामा सहयोग गर्ने बताएको छ । तटस्थ बस्ने निर्णय गरेको काँग्रेसले विश्वासको मत नपुग्ने अवस्थामा भने सरकार जोगाउन भूमिका खेल्ने गरी रणनीति बनाएको हो ।

यता,सुदूरपश्चिम प्रदेश एमाले संसदीय दलले प्रदेश सरकारलाई विश्वासको मत दिने निर्णय गरेको छ । आज बिहान बसेको बैठकले मुख्यमन्त्री भट्टले प्रदेशसभामा पेश गर्ने विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको हो ।

एमालेको नेपाल समूहले भोट दिने निर्णय गरेपछि माओवादी नेतृत्वको सरकारले निरन्तरता पाउने निश्चित भएको छ। ५२ सदस्यीय प्रदेशसभाको सबैभन्दा ठूलो शक्ति (नेपाल समूह)ले साथ दिएपछि मुख्यमन्त्री भट्टलाई सरकार चलाउन कम्फ़रटेबल हुने भएको हो ।

प्रदेशसभामा नेकपा एमाले नेपाल समूहको १८,नेकपा माओवादी केन्द्रको १३,नेपाली कांग्रेसको १२, एमाले (ओली) ७ र जनता समाजवादी पार्टी (जसपा) का २ सांसद छन् । प्रदेशसभाबाट विश्वास पाउन मुख्यमन्त्रीलाई २७ मत आवश्यक पर्छ । नेपाल समूहको १८ र माओवादीको १३ मत मुख्यमन्त्रीका लागि पर्याप्त छ ।

टिप्पणीहरू