कोरोना र कानुनलाई जिस्काउँदै साल्ट ट्रेडिङगमा भीड तर सीईओ भन्छिन्-‘बाध्यता हो’
–अभि श्रेष्ठ / शिव अधिकारी
कोरोना महामारीको यो बेला सबैले स्वास्थ्य सजगता र सतर्कतालाई सावधानीका साथ पालना गर्नुपर्ने हो । तर,सरकारले बजेटमार्फत केही उपभोग्य सामानमा गरेको सहुलियत र छुटको घोषणापछि साल्ट ट्रेडिङ कर्पोरेशनमा दिनहुँ सयौंको लाइन देखिन थालेको छ ।
एकातिर निषेधाज्ञा,अर्कोतिर महामारीको यो बेला सिमित समयवीच काठमाडौंको कालिमाटीमा देखिएको सयौं नागरिकको भीड । सामाजिक सञ्जालमा महामारीवीच २० प्रतिशत छुटमा कोरोना बिक्री हुन थालेको भन्ने गरिएको छ ।
एक किलो नुन मगाउने तर पछि फोन नउठाएर आफूहरुलाई दुःख दिने कामसमेत हुने गरेको तीतो यथार्थ पनि पोख्नुभएको छ ।
अति विपन्न परिवारलाई दिइएको भनिएको उक्त छुटले देखाएको भीडका कारण संक्रमणको उच्च जोखिम बढेको छ । जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञाको समय बिहान ७ बजेदेखि ९ बजेसम्म मात्र दैनिक उपभोग्य सामाग्रीका पसल खोल्न अनुमति दिएको छ । सोहीअनुरुप साल्ट ट्रेडिङले पाँच जनाको परिवारलाई २ के.जी. पिठो छुट भाउमा दिन थालेपछि कालिमाटीमा थामिनसक्नुको भीड देखिएको हो ।
साल्ट ट्रेडिङ अगाडि सयौंको भीड हुन थालेपछि पिठोसँगै कोरोना पनि बिक्री भएको सन्देश गएन र ? भन्ने जिज्ञासामा प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले आफूहरुले कोरोना बिक्री नगरेको बताउनुभयो । ‘भीडभाड जम्मा हुनु एउटा पक्ष होला,तर साल्ट ट्रेडिङले सरकारको निर्देशनअनुसार सेवा प्रवाह गरिरहेको’ उहाँले भन्नुयभो ।
श्रेष्ठका अनुसार साल्ट ट्रेडिङले तीन वटा सवारी साधनमार्फत् होम डेलिभेरीसमेत गरिरहेको छ । तर, एक किलो नुन मगाउने तर पछि फोन नउठाएर आफूहरुलाई दुःख दिने कामसमेत हुने गरेको तीतो यथार्थ पनि पोख्नुभएको छ ।
टिप्पणीहरू