भ्याक्सिन पाउने भएपछि ड्राइभरहरुको आन्दोलन फिर्ता

भ्याक्सिन पाउने भएपछि ड्राइभरहरुको आन्दोलन फिर्ता

कोभिडविरुद्धको खोप लगाउन पाउनुपर्ने माग राख्दै आन्दोलनरत ट्यांकर चालक र स्थानीय प्रशासनबीच सहमति जुटेको छ । सहमतिसँगै ट्यांकर चालकहरुले आन्दोलन फिर्ता लिएका छन् ।

नेपाल आयल निगमको ट्याङकर चालक संघले चालक र सहचालकलाई कोभिडबिरूद्दको खोप लगाउन पाउनुपर्ने माग राखि जेठ ३० गतेदेखि आन्दोलन गर्दा इन्धन ढुवानी रोकिएको थियो ।

आज ट्याङ्कर चालक संघका अध्यक्ष इश्वर लामा,नेपाल आयल निगमका प्रमुख सुरेन्द्र पौडेल र काठमाडौंका सिडियो कालीप्रसाद पराजुलीबीच भएको छलफलले चालकहरुको मागको सम्बोधन गर्ने सहमति गरेको हो । सहमतिअनुसार सरकारले बुधबारदेखि ट्यांकर चालक र सहचालकलाई खोप उपलब्ध गराउने छ ।

टिप्पणीहरू