विमानस्थलमा सोलार प्यानल राख्न हितेन्द्रको मरिहत्ये
नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्य भैरहवास्थित गौतमबुध्द अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा सोलार प्यानल लगाउन जोडबल लगाइरहनुभएको छ । त्यसका लागि २५ वर्षलाई विमानस्थलको खाली जग्गा माग्दै शाक्यले निकै ठूलो पहल गरेको बताइन्छ ।
वर्षौंसम्मलाई सोलार बिजुलीको समस्या नहुने भन्दै शाक्यले पर्यटन मन्त्रालयदेखि नागरिक उड्डयन प्राधिकरणसम्म प्रस्ताव गर्नुभएको हो । उहाँले भैरहवा विमानस्थलमा उत्पादन हुने सोलार विद्युत लुम्बिनीसम्म प्रशारण गर्न सकिने प्रस्ताव गर्नुुभएको छ । ती सबै व्यहोरा खोलेर शाक्यले हालै पत्र लेखेको बुझिएको छ ।
त्यहि विषयमा दुई वटा प्राधिकरणबीच पटक पटक वार्ता समेत भएको छ । गौतमबुध्द विमानस्थलमा साउदी विकास कोष (साउदी फण्ड) को आर्थिक सहयोगमा सोलार जडानको लागि प्राधिकरणले प्रस्ताव गरेको हो । १० मेगावाट क्षमताको उक्त सोलारको निम्ति २५ वर्षको लागि जग्गा लिजमा मागिएको हो ।
टिप्पणीहरू