पाँच जना मन्त्रीलाई थप मन्त्रालय

पाँच जना मन्त्रीलाई थप मन्त्रालय

बैशाख ३१ गते गठित मन्त्रिपरिषदमा ज्येष्ठ १७ र २१ मा भएको नियुक्ति, हेरफेर र कार्य विभाजनलाई सर्वोच्चले मान्यता नदिएपछि उपप्रधानमन्त्री,मन्त्री तथा राज्यमन्त्री गरी २० जना मंगलबार पदमुक्त भएर रिक्त स्थानमा भएकै मन्त्रीलाई काम थपिएको छ ।

पदमुक्त मन्त्रीहरुले सम्हाल्दै आएका मन्त्रालयहरूको कार्यभार अर्को व्यवस्था नभएसम्मका लागि राष्ट्रपति कार्यालयले आज बाँडफाँड गरेको छ ।

जसअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीलाई रक्षा र परराष्ट्र गरी दुई मन्त्रालयको जिम्मेवारी परेको छ । विष्णुप्रसाद पौडेललाई अर्थसहित उद्योग,वाणिज्य तथा आपूर्ति,ऊर्जा,जलस्रोत तथा सिंचाई र गृह मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठले वन तथा वातावरण, युवा तथा खेलकुद, श्रम, रोजगार तथा सामाजिक सुरक्षा र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ ।

वसन्तकुमार नेम्वाङलाई भौतिक पूर्वाधार तथा यातायातसहित कृषि तथा पशुपन्छी विकास, खानेपानी,सञ्चार तथा सूचना प्रविधि र सहरी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ । लिलानाथ श्रेष्ठले कानून, न्याय तथा संसदीय मामिलासहित भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, संस्कृति, पर्यटन तथा नागरिक उड्ययन र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ ।

टिप्पणीहरू