कोरोनाबाट आज ४२ जनाको निधन, २४ सय संक्रमित, ३८ सय बढी निको
कोरोनाबाट आज ४२ जनाको ज्यान गएको छ । २ हजार ४ सय ४४ जनामा संक्रमण पुष्टि भएको छ भने ३ हजार ८ सय ५३ जना निको भएका छन् ।
पछिल्लो २४ घण्टामा ६ हजार ६ सय ४८ पीसीआर तथा ४ हजार ९ सय ९२ एन्टिजेन गरी ११ हजार ६ सय ४० जनामा परीक्षण गरिएको थियो ।
आज संक्रमित हुनेभन्दा १ हजार ४ सय ९ जना निको भएका छन् । त्यस्तै, मुलुकभर ३६ हजार ८ सय ५६ जना सक्रिय संक्रमित रहेका छन् ।
टिप्पणीहरू