पाँच लाख नगद र खैरो हेरोइनसहित चार पक्राउ

पाँच लाख नगद र खैरो हेरोइनसहित चार पक्राउ

झापाको दमकबाट लागुऔषध ब्राउन सुगरसहित ४ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गौरादह ५ बालुवाथानका २६ बर्षीय विवेक लिम्बू र २२ बर्षीय सौरभ राई हुन् ।

उनीहरुसँग दमकको गस्ती प्रहरीले लागूऔषध ब्राउन सुगर २ ग्राम फेला पारेको थियो । दुवैलाई ब्राउनसुगर बेच्ने ईलाम चुलाचुली ४ घर भई हाल दमक ५ बस्ने ३१ बर्षीय विक्रम राई र ३७ बर्षीय जेम्स भन्ने खगेन्द्र साँवालाई पनि उनीहरुकै बयानको आधारमा प्रहरीले पक्राउ गरेको छ ।

उनीहरुको दमकस्थित कोठाबाट पाँच लाख चौध हजार तीन सय र राइको ईलामको घरमा लुकाएको ५ ग्राम र खगेन्द्र साँवाको कोठाबाट ब्राउन सुगर २ ग्राम ३०० मिलिग्राम बरामद गरेको छ । पक्राउ परेका चारैजनाविरुद्ध ईलाका प्रहरी कार्यालय दमक झापाले थप अनुसन्धान अघि बढाएको जनाएकोछ ।

 

 

टिप्पणीहरू