सरुवा त दिनदिनै,कसले खोल्ने स्पष्ट कारण ?

सरुवा त दिनदिनै,कसले खोल्ने स्पष्ट कारण ?

सरकारले फेरि विभिन्न जिल्लाका सिडिओको हेरफेर गरेको छ । कञ्चनपुरका प्रजिअ रामकुमार महतोलाई सर्लाही तानेर त्यहाँ रामप्रसाद पाण्डेलाई खटाइएको छ ।

सर्लाहीका सिडिओ हेमराज तमाङ गृहमै तानिएका छन् । धनकुटामा कृष्णप्रसाद पन्तलाई खटाइँदा त्यहाँ कार्यरत बासुदेव दाहाल गृह फर्किएका छन् । जुम्लाका सिडिओ भूपेन्द्र शाहीलाई विपद् ब्यवस्थापनमा तानेर त्यहाँ गृह मन्त्रालयमै कार्यरत विजया प्रसाईंलाई खटाइएको छ ।

यस्तै, रुकुम पूर्वमा लक्ष्मीप्रसाद बास्कोटा र मुस्ताङमा श्रीनाथ पौडेललाई खटाइएको छ । श्रीनाथ पोखरामा सहायक सिडिओ थिए !

स्वास्थ्य मन्त्रालयको कर्मचारी प्रशासनका हाकिम दामोदर रेग्मीलाई (२० प्रतिशत) का आधारमा बढुवा सिफारिस गरिएको छ,इञ्जिनियरिङ सेवाबाट सुशीलचन्द्र तिवारी,प्रमिला बज्राचार्य र गोपाल सिग्देलको नाम सिफारिस भएको छ । तीनमध्ये एकलाई क्याबिनेटले सचिवमा बढुवा गर्नेछ ।

सिनियरमा लगिएको खण्डमा हाल उर्जा मन्त्रालयमा कार्यरत सुशीलचन्द्र तिवारी सचिव बन्नेछन् । प्रमिला रेल विभागको डिजी,गोपाल कर्णली प्रदेशको भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयका सचिव हुन् ।

यस्तै वन सेवाबाट दुई बर्षदेखि सचिव बढुवा हुन नसकेका डा. कृष्ण आचार्यसहित तीन जनाको नाम सिफारिस भएको छ । आचार्यको नाम यसअघि नै सिफारिस भएको थियो ।

योगेन्द्र कार्की,डा प्रेमनारायण कँडेल सचिव बनिसकेका छन् । उनीसहित सचिव बढुवाका लागि निरु दाहाल पाण्डे र दीपक खनालको नाम सिफारिस भएको छ । अहिले ९ सचिव पद रिक्त छ । यही तेश्रो साता रक्षा सचिव रेश्मीराज पाण्डे उमेर हद लागेर घर जाँदैछन् ।

टिप्पणीहरू