ताप्लेजुङको खेतमा मानव कंकाल

ताप्लेजुङको खेतमा मानव कंकाल

ताप्लेजुङको सिदिङवा गाउँपालिका– ४, साब्लाखू, मिश्रटारका देवीप्रसाद मिश्रको खेतमा मानव कंकाल फेला परेको छ ।

सडे गलेर कुहिएको अवस्थाको कंकाल फेला परेको घटनास्थल पुगेको टोलीले बताएको छ । प्रहरीका अनुसार घटनास्थलमा मानव कंकाल यत्रतत्र छरिएको छ ।

सोही स्थानमा नीलो स्वीटर, महिलाले लगाउने रातो सुरुवाल, रातो र सेतो चेक सर्ट,नेकपा एमालेलाई जिताऔं लेखिएको सूर्य चिन्ह भएको सेतो टी शर्ट,खैरो नीलो धर्को भएको ट्राउजर,नीलो पेन्टी, रातो र नीलो दुई वटा लाइटर, कालो लामो कपाल कंकाल छेउछाउ पाइएको बताइएको छ ।

उक्त भेग तथा क्षेत्रमा प्राप्त सामाग्रीको आधारमा व्यक्तिको पहिचान तथा सोधखोज गर्दा पत्ता नलागेपछि मानव कंकाललाई पोष्टमार्टम र आवश्यक अनुसन्धानको लागि ताप्लेजुङ जिल्ला अस्पतालमा राखिएको छ ।

-कमल भट्टराइबाट

टिप्पणीहरू