कोरोनाबाट दैनिक औसत ३५ को प्राणान्त
कोरोनाबाट आज ४१ को निधन हुँदा २ हजार ८ सय बढिमा संक्रमण पाइएको छ । २ हजार ८ सय ९२ जनामा संक्रमण पुष्टि भएको छ भने ३ हजार ५ सय ९७ जना निको भएका छन् ।
पछिल्लो २४ घण्टामा गरिएको ७ हजार १ सय ८७ पीसीआर तथा ४ हजार ३ सय ८१ एन्टिजेन गरी ११ हजार ५ सय ६८ जनामा परीक्षण गरिएको थियो ।
आज संक्रमित भन्दा ७ सय ५ जना बढी निको भएका छन् । त्यस्तै, आज मुलुकभर ३० हजार ५ सय ४४ जना सक्रिय संक्रमित रहेका छन् ।
हालसम्म ६ लाख ३८ हजार ८ सय ५ जनामा कोरोना भाइरस संक्रमण भएकामा ५ लाख ९६ हजार १ सय ३२ जना संक्रमणमुक्त भएका छन् भने ९ हजार १ सय १२ जनाको मृत्यु भएको छ ।
टिप्पणीहरू