राउटे युवतीमाथि याैन दुर्व्यवहार गर्ने तीन जना जेल चलान

राउटे युवतीमाथि याैन दुर्व्यवहार गर्ने तीन जना जेल चलान

अघिल्लो महिना राउटे युवतीमाथि याैन दुर्व्यवहार गर्ने तीन जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएकाे छ । जिल्ला अदालत सुर्खेतले गुर्भाकोट नगरपालिकाका दोमनबहादुर घर्ती,भूपेन्द्र बुढा र होटल संचालक विनोद पुनलाई जेल पठाएकाे हाे ।

सुर्खेत जिल्ला अदालतका न्यायाधीश भीमप्रसाद सापकाेटाकाे एकल इजलासले आज कारागार चलान गरेकाे हो । राउटे समुदायका १९ र २३ वर्षकी युवतीलाई होटलमा लगेर मदिरा सेवन गराई यौन दुर्व्यवहार गरेपछि उनीहरूविरूद्ध मानव ओसारपसार, यौन दुर्व्यवहार र जबर्जस्ती करणीको मुद्दा दर्ता भएकाे थियाे ।

ती युवतीलाई युवाले मादक पदार्थ सेवन गराई होटलमा दुर्व्यवहार गरेको भिडियो गत जेठ २३ गतेदेखि सामाजिक सञ्जालमा सार्वजनिक भएपछि तीनै जनालाई प्रहरीले पक्राउ गरेकाे थियाे ।

टिप्पणीहरू