कीर्तिपुरमा प्रधानमन्त्रीको पुत्ला दहन

कीर्तिपुरमा प्रधानमन्त्रीको पुत्ला दहन

विपक्षी राजनीतिक दलहरुको गठबन्धनसँग आवद्ध पाँच विद्यार्थी संगठनले आज साँझ कीर्तिपुरमा पुत्ला दहनसहितको बिरोध कार्यक्रम गरेका छन् ।

विद्यार्थी संगठनहरुले आजको बिरोध र पुत्ला दहन कार्यक्रम त्रिभुवन विश्वविद्यालय हातामा गरेका हुन् । कार्यक्रममा विद्यार्थी नेताहरु तिलक उपाध्याय,नवीन उपाध्याय,लोकेन्द्र ऐरी,सम्झना खत्रीलगायतको सहभागिता थियो ।

पुत्ला दहन गर्ने बेला प्रहरीले हस्तक्षेप गरेपछि प्रदर्शनकारीले केपी ओली मूर्दावाद,केपी हजुरको पाराले- दु:ख पाए साराले र प्रतिगमनको नाइके मूर्दावादलगायतका नारा लगाएका थिए ।

प्रदर्शनपछि विश्वविद्यालयको घडी भवन अगाडि आयोजित कोणसभामा बोल्दै खत्रीले प्रधानमन्त्रीको असंवैधानिक कदमविरुद्ध आफूहरु सडकमा ओर्लिएको बताइन् । प्रधानमन्त्री ओली प्रतिगमनको नाइके भएको आरोप लगाउँदै उनले उहाँ नसच्चिएसम्म र राजीनामा नदिएसम्म आन्दोलन गर्ने चेतावनी दिएकी छन् ।

कार्यक्रममा बोल्दै विद्यार्थी नेता तिलक उपाध्यायले विदेशी हस्तक्षेप नरोकिएसम्म र लेन्डुपहरुको शासन अन्त्य नभएसम्म आन्दोलन जारी रहने बताएका छन् ।

टिप्पणीहरू