सर्वोच्चमा बहस सकियो,व्यापक सुरक्षाकर्मी तैनाथ

सर्वोच्चमा बहस सकियो,व्यापक सुरक्षाकर्मी तैनाथ

सर्वोच्च अदालतमा अब सबै पक्षको बहस सकिने क्रम शुरु भएसङ्गै व्यापक सुरक्षाकर्मी तैनाथ गरिएको छ । अन्तिम बहस सर्वाेच्च बारका तर्फबाट वरिष्ठ अधिवक्ता प्रकाश केसीले गरेका छन् ।

संसद विघटनसम्बन्धी मुद्दामा जारी सुनुवाइअन्तर्गत नेपाल बारबाट एमिकस क्युरीका सदस्यहरु राघवलाल वैद्य र उषा मल्ल पाठक तथा सर्वोच्च बारबाट वरिष्ठ अधिवक्ता कोमलप्रसाद घिमिरे र प्रकाशबहादुर केसीले आफ्नो मत राखिसकेका छन् ।

उषा मल्ल पाठकले पनि अदालतमा धेरै बहस भएको संविधानको ७६ (५) स्वतन्त्र भएको राय दिएकी छन् । ७६ (५) र (२) बारे आफ्नो मत राख्दै उनले २ अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार बन्ने ब्यवस्था र सो उपधारा पटक–पटक प्रयोग हुने तर उपधारा ५ एकपटक मात्र प्रयोग गर्न मिल्ने मत राखेकी हुन् । उनले ७६ (५) अनुसार सरकार गठन आह्वान हुँदा प्रधानमन्त्रीका लागि पेश भएका दुबै दाबी अस्वीकार गर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको निर्णय संविधानसम्मत भएको जिकिर गर्दै रिट खारेज गरेर निर्वाचनमा जाने निर्देशनात्मक आदेशको माग राखिन् ।

कोमल घिमिरे (सर्वोेच्च बार)ले भने विश्वासको मत गुमाएका प्रधानमन्त्री ओली एक मीनेट पनि कुर्सीमा बस्न नमिल्ने ठहर सुनाएका छन् । उनका अनुसार, ओलीले ७६ (५) को हक उपभोग गर्ने दावी गर्नै मिल्दैन् । मेरो विकल्प मैं हुँदैन,अर्काे हुन्छ । दुई दुई पटक विश्वास नगरेको मान्छे फेरि प्रधानमन्त्री हुनै मिल्दैन । महन्थ ठाकुरको चिठी ७६(२) का लागि काम लाग्ने भए पनि ७६ (५) मा काम लाग्दैन । जसपाको समर्थन ७६ (२)को लागि मात्र हो ७६ (५) को लागि होइन ।

टिप्पणीहरू