चुच्चे नक्सा प्रयोगमा नल्याइएकोमा देवकोटाको आक्रोश,पाण्डे भन्छन् ‘दल विभाजित हुनु दुखद्’

चुच्चे नक्सा प्रयोगमा नल्याइएकोमा देवकोटाको आक्रोश,पाण्डे भन्छन् ‘दल विभाजित हुनु दुखद्’

राष्ट्रियसभा सदस्य डा.खिमलाल देवकोटाले सरकारका धेरै वेवसाइटहरूमा नेपालको पुरानो नक्सा नै रहेकाले सच्याउन अनुरोध गर्नुभएको छ ।

राष्ट्रियसभा सदस्यमा निर्वाचित भएपछि सोमबारको बैठकको विशेष समयमा पहिलो पल्ट बोल्दै देवकोटाले सरकारका धेरै निकायमा पुरानो नक्सा नै रहेकाले सच्याउनुपर्ने आवश्यकतातर्फ औंल्याउनुभएको हो । उहाँले सपथसम्बन्धी अध्यादेशबाट सरकारको संविधानप्रति विश्वास नभएको स्पष्ट देखिएको बताउनुभयो ।

अघिल्लो दिन गलत शपथ लिएकोमा भोलिपल्ट सच्याएर सपथ लिन लगाउनुपर्ने राष्ट्रपतिले सपथसम्बन्धी अध्यादेश जारी गरेर संविधान विपरित काम गरेको देवकोटाले टिप्पणी गर्नुभयो । उहाँले राष्ट्रपतिको उक्त कदमले संविधानको संरक्षण र सम्बर्धन हुन नसक्ने समेत बताउनुभएको छ ।

त्यस्तै राष्ट्रियसभा सदस्यमा निर्वाचित अर्का सदस्य दीर्घनारायण पाण्डेले राष्ट्रिय राजनीतिमा ठूला दल विभाजित भएको विषय गम्भीर रहेको बताउनुभएको छ ।

टिप्पणीहरू