किसानलाई पावर ट्रेलर बाँड्दै नगरपालिका
उदयपुरको चौदण्डीगढी नगरपालिकाले चार किसानलाई पावर ट्रेलर वितरण गरेको छ । ट्रेलर प्राप्त गर्ने कृषकहरूमा चौदन्डीगढी नपा २ वडाका रत्नमाया खड्का, सुसन थापा,दुर्गाकुमारी श्रेष्ठ र वडा नं ४ की शिवकुमारी विष्ट हुन् ।
किसानहरूको मागको आधारमा ५० प्रतिशत अनुदानमा टेलर उपलब्ध गराईएकाे नगर प्रमुख खगेन्द्र राईले जानकारी दिनुभएको छ । यसले परम्परागत रूपको खेत जोत्ने चलनलाई विस्थापित गर्दै उत्पादन बृद्धि गर्न सहयोग पुग्ने छ ।
खेतीपाती गर्नको लागि पावर ट्रेलर उपयोगी मानिएको छ । हाते ट्रयाक्टर पनि भनिने टेलरले किसानलाई खेत जाेत्न,समयको बचत गर्न सहयोग पुर्याउँछ । यी सामग्री आजै एक कार्यक्रमको आयोजना गरी वितरण गरिएको हाे ।
केहिदिन अगाडिमात्र पालिकाले ३ थान १० नं. वडा हडियाका चक्लाबन्दी कृषकलाई पावरट्रेलर वितरण गरिसकेको छ ।
टिप्पणीहरू