असारे मैझारोमा अफिसभित्रै दारू
असारे मैझारो तेहीमाथि हाकिमको विदाइ कार्यलयभित्रै दारू पाटीको आयोजना गरेपछि नापी कार्यालय सिरहाका कर्मचारीहरू आफतमा परेका छन ।
नापीका कर्मचारी सरोजकुमार मण्डलले फेसबुकमा असारे मैझारे बुझाउने अन्तिम ´अषाढ मसान्तको भोजको एक दृश्य´ भनेर फोटो पोस्ट्याएपछि यो अप्ठ्यारो आइलागेको हो ।
सोे तस्बिरलाई लिएर आलोचना भएपछि छानबिनको लागि प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलले छानबिनका लागि इलाका प्रशासन लहानलाई निर्देशन दिएका छन । फोटोमा अफिसभित्र दुई टेवल जोडेर ग्रीन सिग्नेचरको बोतल रित्ताउँदै गरेको देखिन्छ ।
कार्यालयभित्रै दारू पाटीको तस्वीर पोस्ट्याएको केही घन्टापछि उनलेे तस्बिर हटाएका थिए ।
टिप्पणीहरू