नबिल बैंकको वार्षिकोत्सव अफर कार्ड, स्मार्टबैंक तथा लकरहरुमा ३७ दिन भरी छुटै छुट

नबिल बैंकको वार्षिकोत्सव अफर कार्ड, स्मार्टबैंक तथा लकरहरुमा ३७ दिन भरी छुटै छुट

नबिल बैंकले ३७औँ वार्षिकोत्सवको अवसरमा ग्राहक महानुभावहरुको लागि कार्ड, स्मार्टबैंक लगायत लकरहरुमा विभिन्न छुट प्याकेज सहित “37 Days of Happiness” अफर ल्याएको छ । यस अफर अन्तर्गत नबिल बैंकले आज देखी ३७ दिन सम्म नयाँ व्यक्तिगत बचत खाताहरुमा नबिल क्रेडिट कार्ड, नबिल डेबिट कार्ड, नबिल iCard, नबिल स्मार्टबैंक (मोबाईल बैंकिङ) र लकर शुल्कहरुमा विशेष छुटको व्यवस्था गरेको छ । उक्त अफर असार २८ गते देखि भाद्र १ सम्म खुलेको नयाँ व्यक्तिगत बचत खाताहरुमा मात्र उपलब्ध छ । ग्राहक महानुभावहरुले नबिल बैंकको नजिकको शाखामा गई खाता खोलि उक्त अफरको लाभ लिन सक्नेछन् ।

सन् १९८४ देखि आफ्ना सम्माननीय ग्राहकहरुलाई समायनुकुल सेवा प्रदान गर्दै आएको यस नबिल बैंकको १३५ शाखा, १८३ एटिएम र १५०० भन्दा बढि नबिल रेमिट एजेन्टहरु रहेको नबिल बैंकले नेपाली बैंकिङ्ग क्षेत्रमा नविनतम् सेवाको शुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ्ग विकासको ईतिहासमा कोसेढुङ्गाको रुपमा काम गर्दै आएको छ । यस बैंक ग्राहकवर्गको उच्च सन्तुष्टी एवम आधुनिक बैंकिङ्ग युगको शुरुवात गर्ने तर्फ केन्द्रित रहेको छ ।

टिप्पणीहरू