खसीबजारमा बाख्रीको मासु खुलेआम

खसीबजारमा बाख्रीको मासु खुलेआम

काठमाडौंको कलंकीस्थित खसीबजारमा बाख्रीको मासु बेच्ने चार जना समातिएका छन् । आज बिहान पाँच बजेको समयमा भारत बिहार बहराइच घर भई हाल खसीबजारमा मासु पसल सञ्चालन गर्दै आएका गुलाम रसोल क्रोसिलसहित चार जना पक्राउ परेका हुन् ।

उनीहरुले जिउँदो खसी बेच्ने बताइए पनि खसी पसलमा खसीको मासुसँगै बाख्रीको मासु मिसाई खसीकै मासु हो भनी बेच्दै आएको रहस्य खुलेको छ ।

प्रहरीले प्राप्त गरेको विशेष सुराकीको आधारमा मासु पसले गुलाम रसोल क्रोसिल तथा सोही पसलमा काम गर्ने जाबिर क्रोसिल,मटान कुरेसी र अर्का पनि जाबिर क्रोसिल नाम गरेका भारतीय नागरिकलाई पक्राउ गरिएको बताइएको छ ।

उक्त पसलमा कालिमाटीको प्रहरी टोलीले चेक जाँच गर्दा बिक्री वितरणको लागि राखिएका बाख्री १५ वटा र खसीको मासु भनी बेच्नको लागि तयार गरिएका २ वटा तयारी बाख्रीको मासु (पहिचान खुल्ने अङ्गहरु लुकाइएको) समेत बरामद गरिएको छ ।

टिप्पणीहरू