बहु प्रतिक्षित होण्डा CB 350 RS अब नेपालमा

बहु प्रतिक्षित होण्डा CB 350 RS  अब नेपालमा

नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको अधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रा.लि. ले बहु प्रतिक्षित होण्डाको CB 350 RS नेपाली बजारमा आज लन्च गरेको छ ।

नेपालमा होण्डा CB मोडलका बाइकहरुले एक विशेष पहिचान बनाएको छ । यस CB 350 RS ले पनि नेपाली बाइकरहरुको मनमा एक छुट्टै स्थान बनाउन सफल हुने कुरामा होण्डा विश्वस्त छ । आकर्षक रेट्रो लुक्स मन पराउने सम्पूर्ण बाइक पारखीहरुको लागि निर्मित यस बाइकमा ३५० सिसिको इन्जिन रहेको छ । मोर्डन फिचरहरुले भरिपूर्ण यस बाइक डूअल टोन फ्यूल ट्ंयाकमा ब्ल्याक विथपर्ल स्पोर्टस् एलो र पिन स्ट्रिपिङ्ग फ्यूल ट्ंयाकमा रेडिएन्ट रेड मेटालिक गरी २ विभिन्न रङ्गहरुमा उपलब्ध छ । एडभान्स डिजिटल एनालग मिटर, डुएल च्यानल एबीएस साइड स्ट्यान्ड इन्डिकेटर, इन्जिन स्टार्ट र अफ स्विच, डिस्ट्यान्स टू एम्प्टी, एभरेज माइलेज र रियल टाइम माइलेज जस्ता यस बाइकको धेरै मध्येका केहि विशेषताहरु हुन् ।

नेपाली बजारमा यस CB 350 RS को मूल्य रु ७,७५,००० तोकिएको छ । थप जानकारीका लागि होण्डाको टोल फ्रि नं. १६६००१४६६३२ (नेपाल टेलिकम) र ९८०१५७११११ (एनसेल) मा सम्पर्क गर्न सक्नुहुनेछ ।

टिप्पणीहरू