क्यानाडा र अमेरिका बस्ने सैयौँ नेपालीका कविता

क्यानाडा र अमेरिका बस्ने सैयौँ नेपालीका कविता

उत्तर अमेरिकी नेपाली कविता संग्रह प्रकाशन भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानबाट कवि कृसु क्षेत्रीको सम्पादनमा ‘उत्तर अमेरिकी नेपाली कविता’ संग्रह प्रकाशित भएको हो ।

विश्वभर छरिएका नेपाली स्रष्टाका सिर्जना समावेश भएको संग्रहमा संयुक्त राज्य अमेरिका र क्यानाडामा बसोबास गर्दै आएका २ सय २१ नेपालीभाषी कविका कविता संकलित रहेको बताइएको छ ।

सम्पादक क्षेत्रीले चार वर्षसम्म अमेरिकामा कूटनीतिक सेवामा रहँदा त्यहाँ सक्रिय नेपाली स्रष्टाका भाषा,साहित्य र देशभक्तिबाट प्रभावित भई संकलन सुरु गरेको बताउनुभएको छ । संग्रहमा कविले कर्मभूमिमा भोगेको पीडा,सुख,संघर्ष,आरोह, अवरोह तथा आफ्नोपनलाई कलात्मकरूपमा उनेको बताउनुभएको छ ।

उहाँले कविले संसारभर फैलिएको मानवतावाद,लोकतन्त्र,सामाजिक न्याय तथा मानवअधिकारका विषयलाई समेत कवितामार्फत अभिव्यक्त गरेको बताउनुभएको छ ।

उत्तर अमेरिकी नेपाली कविका कविता संग्रहको रूपमा आउनु अनुकरणीय कार्य भएको र विषय विविधतासमेत सबलताका साथ प्रस्तुत भएको उल्लेख गरिएको छ ।

टिप्पणीहरू