मनन गरे त कति मार्मिक छन् यी माग

मनन गरे त कति मार्मिक छन् यी माग

समाजवादी प्राध्यापक संघले आफ्ना मागको सम्बोधन गर्न भन्दै त्रिभुवन विश्वविद्यालयका उपकुलपतिसमक्ष ध्यानाकर्षण पत्र बुझाएको छ । १२ बुँदे माग राख्दै साउन २७ गतेभित्र माग सम्बोधन गर्नुपर्ने समयसीमा तोकेर त्रिभुवन विश्वविद्यालयका उपकुलपतिलाई संघले पत्र बुझाएको हो ।

ध्यानाकर्षण पत्रमा प्राध्यापक, कर्मचारी र उनीहरुको परिवारका सदस्यलाई अविलम्ब कोरोनाविरुध्द खोपको व्यवस्था गर्नुपर्ने,महामारीको तेस्रो लहर आउनसक्ने भन्दै अनलाइन कक्षालाई प्रभावकारी रुपमा लैजानुपर्ने,विश्वविद्यालयका प्राध्यापक,कर्मचारीलाई स्वास्थ्य विमाको व्यवस्था गर्नुपर्ने, उनीहरुका परिवारलाई पनि शिक्षण अस्पताल, महाराजगञ्जमा छुटको व्यवस्था गर्नुपर्ने,प्राध्यापकका छोराछोरीहरुलाई कार्यकारी परिषदबाट छुट्टयाइएको कोटा हरेक संकायमा लागू हुनुपर्ने, पदाधिकारी नियुक्तिमा संविधानको मर्मअनुसार समानुपातिक समावेशी सिध्दान्तलाई अविलम्ब कार्यान्वयन गर्नुपर्ने लगायतका माग राखिएको छ ।

समाजवादी प्राध्यापक संघका अध्यक्ष डा. पवनकुमार झा र महासचिव नरेन्द्रकुमार सिंहद्वारा जारी पत्रमा माग सम्बोधन नभए संघले चाल्ने जस्तोसुकै कदमको जिम्मा पनि त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरुले लिनुपर्ने बताइएको छ ।

टिप्पणीहरू