प्रचण्डकी बुहारीको सातदोबाटोमा बर्गर हाउस

प्रचण्डकी बुहारीको सातदोबाटोमा बर्गर हाउस

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी बुहारी सिर्जना त्रिपाठीले सातदोबाटो चक्रपथमा द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेन खोलेकी छन् । फ्रेञ्चाइ सिष्टममा खोलिएको उक्त बर्गर हाउसमा सिर्जनासहित तीन जनाको पार्टनरसिप रहेको बताइन्छ ।

द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेनको ८० भन्दा बढी आउटलेट खोलिसकिएको छ । काठमाडौंभित्र कम्तिमा १ किलोमिटरको दूरीमा मात्र नयाँ आउटलेट खोल्न पाइने भएकाले आफूहरुले सातदोबाटोलाई रोजेको जनआस्थासँगको कुराकानीमा सिर्जनाले बताउनुभएको छ ।

केही समयदेखि खोलिए पनि बर्गर हाउसको हाल सफ्ट ओपनिङ मात्र भएको उहाँले बताउनुभयो । सिर्जनाका अनुसार उक्त आउटलेटको ग्राण्ड ओपनिङ भदौमा गर्ने योजना छ ।

सिर्जना अध्यक्ष दाहालका स्वर्गीय पुत्र प्रकाश दाहालकी श्रीमती हुन् । सातदोबाटोको आउटलेटमा नेकपा सम्बद्ध तीन जना नेताका बुहारीको पार्टनरशीप रहेको स्रोतले बताएको छ ।

सिर्जनासहित अन्य दुई जनामा उपराष्ट्रपति नन्दबहादुर पुन र पूर्वसभामुख कृष्णबहादुर महराकी बुहारीको समेत लगानी रहेको बताइन्छ ।

टिप्पणीहरू