मोटरसाइकल खस्दा वडा सदस्यको मृत्यु

मोटरसाइकल खस्दा वडा सदस्यको मृत्यु

इलाम माङसेबुङ गाउँपालिका-४ मार्चेबुङ बस्ने ३६ बर्षीय धनबहादुर राईको मोटरसाइकल दुर्घटनाबाट मृत्यु भएको छ ।

कार्यालयबाट मोटरसाइकलमा घरतर्फ जाँदा रतुवा पुल नजिक रहेको सेतेभीरमा अनियन्त्रित भई दुर्घटना भएको हो । मे ८ प ६०४ नम्बरको मोटरसाइकल सेतेभीरबाट अन्दाजी १०० मीटर तल खसेको थियो ।

उनी टाउकोमा चोट लागेर गम्भीर घाइते हुन पुगेका थिए । मृतक राई मार्चेबुङ वडा नम्बर-४ का वडा सदस्य थिए । उनको बि एण्ड सी अस्पताल बिर्तामोडमा उपचारको क्रममा राती पौने १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।

टिप्पणीहरू