पहिला खोप,अनि बल्ल परीक्षा

पहिला खोप,अनि बल्ल परीक्षा

त्रिभुवन विश्वविद्यालय,परीक्षा नियन्त्रण कार्यालयले साउन १० गतेदेखि तोकेको स्नातक प्रथम वर्षको वार्षिक परीक्षा रोक्न विद्यार्थीहरुले माग गरेका छन् । यसनिम्ति दिउँसो १ बजे विश्वविद्यालय रेक्टर कार्यालय अगाडि नाराबाजी र प्रदर्शन शुरु भएको छ ।

त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसहरुले कोरोना महामारीको कारण देखाउँदै विगतमा सार्दै आएको स्नातक प्रथम वर्षको परीक्षा साउन १० देखि सञ्चालन हुने तालिका यसअघि नै सार्वजनिक भएको थियो ।

तर अहिलेको अवस्थामा परीक्षा हलमा आफूहरु सहभागी हुन नसक्ने विद्यार्थीले बताएका छन् । उनीहरुले परीक्षाका लागि आफूहरु तयारी अवस्थामा नरहेको बताउँदै विश्वविद्यालयले जबरजस्ती गरेकाले प्रदर्शनमा उत्रिनु परेको बताए । उनीहरुले परीक्षा तोकेको समय भन्दा पछि सारिनुपर्ने,परीक्षा अगावै कोभिडविरुद्धको खोप लगाउनुपर्ने माग राखेका हुन् ।

प्रदर्शनकारीले टियु प्रशासन मूर्दावाद,हाम्रो माग पूरा गर, विद्यार्थीलाई खोपको ब्यवस्था गर, टियुको दादागिरी बन्द गर,मलाई हैन हामीलाई होलगायतका नारा लेखिएको ब्यानर बोकेका छन् ।

टिप्पणीहरू