एमाले संसदीय दलको बैठकमा २३ भाइको के होला ?

एमाले संसदीय दलको बैठकमा २३ भाइको के होला ?

नेकपा एमालेको संस्थापन पक्षले संसदीय दलको बैठक बोलाएको छ । अध्यक्ष तथा संसदीय दलका नेता केपी ओलीले भोलि दिउँसो ३ बजेका लागि बैठक तोक्नुभएको हो ।

संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा यसअघि कारवाही गरिएका ११ सहित शेरबहादुर देउवाको पक्षमा हस्ताक्षर गरेका २३ जनालाई पनि बोलाइएको एमाले स्रोतले बताएको छ । ओलीको हिजोको अभिव्यक्तिले माधव नेपाल पक्षका २३ सांसदमाथि कारवाहीको संकेत गरेको छ ।

तर, ७६ (५)को प्रधानमन्त्रीलाई समर्थन गर्दा वा विश्वासको मत दिँदा सांसदलाई ह्वीप नलाग्ने र ह्वीप उलंघनको कारवाही नहुने अदालतले आदेश गरेकाले कारवाही गर्न ओलीलाई सजिलो नहुने देखिन्छ ।

टिप्पणीहरू