वालविवाह गराउने ठगसहित ५ महिनापछि ३ जना पक्राउ
वालविवाह गराउने कार्यमा संलग्न रहेको अभियोगमा पर्साको पकाहामैनपुर गाउँपिलका–१ धोरेका २४ वर्षीय विशाल सहनी, ६५ वर्षीय ठग सहनी र बारा प्रसौनी गाउँपालिका–५ बेलहीया पनटोकाका ४८ वर्षीय महेश सहनी पक्राउ परेका छन् ।
महेश र ठगले आपसी सहमति गरी धोरेस्थित भुटनदेवी मन्दिरमा विशालसँग २०७७ माघ १९ गते १७ वर्षीया किशोरीसँग वालविवाह गराएको खुल्न आएपछि वालविवाह गर्ने विशाल र वालविवाह गराउने कार्यमा संलग्न महेश र ठगलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरूलाई जिल्ला अदालत पर्साबाट ५ दिन म्याद थप गरी मुलुकी अपराध संहिताको दफा १७३ विपरीत विवाह सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
टिप्पणीहरू