खोलामा नुहाउन जाँदा डुबेर बालिकाको मृत्यु

खोलामा नुहाउन जाँदा डुबेर बालिकाको मृत्यु

पर्सामा खोलामा नुहाउने क्रममा एउटी बालिकाको डुबेर मृत्यु भएको छ । धोबिनी गाउँपालिका–४ बखरीका धर्मेन्द्र साह कानुकी छोरी ९ वर्षीया अम्सा कुमारीको आज बिहान डुबेर मृत्यु भएको हो ।

घरदेखि १ किलोमिटर टाढा सिक्टा खोला नजिकै जमेको खाल्डोमा नुहाउने क्रममा डुबेर उनको मृत्यु भएको प्रहरीले बताएको छ ।

टिप्पणीहरू