शेहरोज बने कान्छो पाकिस्तानी पर्वतारोही

शेहरोज बने कान्छो पाकिस्तानी पर्वतारोही

पाकिस्तानका एक युवक त्यहाँको माउण्ट के–२ को सफलतापूर्वक आरोहण गर्ने कान्छो उमेरका आरोही बनेका छन् । शेहरोज कासिफ उक्त चुचुरोको आरोहणपछि सबैभन्दा कम उमेरमा आरोहण गर्ने आरोही भएका हुन् । के–२ सर्वोच्च शिखर सगरमाथापछिको विश्वकै दोस्रो उच्च शिखर हो ।

उनले यसअघि सर्वोच्च शिखर सगरमाथालगायत विश्वका प्रख्यात ९ वटा चुचुरोको आरोहण गरेको बताइन्छ । उनले सबैभन्दा पहिले ११ वर्षको उमेरमा ३ हजार ८ सय ८५ मीटरको माक्रा चुचुरो चढेका थिए । क्रमशः १२ देखि १८ वर्षसम्म उनले मुसाका मुसल्ला,चाम्ब्रा, माङलिक सार,गोन्देग्रो,खुर्दोपिन घाँटी,ब्रोड चुचुुरो र खुसार गाँग चढेका थिए ।

उनले यसअघि १९ वर्षको उमेरमा नेपालको सगरमाथा चढेका थिए भने १९ वर्षको उमेरमा अहिले आफ्नै देशको माउण्ट के–२ चढेका हुन् ।

उनले विश्वका ८ हजार मीटरभन्दा अग्ला सबै हिमाल चढ्ने लक्ष्य राखेका छन् । शेहरोजलाई पाकिस्तानी प्रधानमन्त्री इमरान खानले ट्वीटरमार्फत बधाईसमेत दिएका छन् ।

टिप्पणीहरू