चन्द्रागिरीबाट नयाँ पार्टी सोझै बहादुर भवनतिर
अस्तिदेखि चन्द्रागिरी हिल्समा भएको केन्द्रीय कमिटीको बैठकमा सहभागी प्रस्तावित नेकपा एकीकृत समाजवादी पार्टीका नेताहरु निर्वाचन आयोगमा पार्टी दर्ताको निम्ति प्रस्थान गरेका छन् । आयोगमा ११:३० बजे दस्तखत कार्यक्रम रहेकाले टोली चन्द्रागिरीबाट साढे १० बजे हिँडेको हो ।
टोलीको नेतृत्व पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले गर्नुभएको छ । झण्डै ८५ जना रहेको टोली २ वटा बस र अन्य आधा दर्जन साना गाडीमा हिँडेको हो । टोली पहिले रत्नपार्कमा जम्मा भएर त्यसपछि जुलुुशसहित कान्तिपथस्थित निर्वाचन आयोगमा पुग्ने बताइएको छ ।
टिप्पणीहरू