बालेनका दाहिने हातले दिए राजीनामा
चुनाव लड्ने तरखरमा रहेका काठमाडौं महानगरपालिकाका प्रहरी प्रमुख राजुनाथ पाण्डेले पद छोडेका छन् । उनले आज प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंसमक्ष राजीनामा पत्र बुझाएका हुन् ।
पाण्डेले आइतबारदेखि लागू हुनेगरी राजीनामा दिएको बताइएको छ । महानगर स्रोतका अनुसार राजीनामा स्वीकृत हुन बाँकी छ ।
आउँदो फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा निर्वाचनमा मेयर बालेन्द्र साह (बालेन) सँगै पाण्डे पनि उठ्ने तयारीमा छन् । रवि लामिछाने र रास्वपाद्धारा आगामी प्रधानमन्त्री भन्दै अघि सारिएका बालेनले पाण्डेलाई काठमाडौं क्षेत्र नम्बर ४, बाट उठाउने तयारी गरेको बुझिन्छ ।
काठमाडौँ-४ विभाजित कांग्रेसका सभापति गगन थापाले चुनाव जित्दै आएको क्षेत्र हो ।
टिप्पणीहरू