शिक्षा नियमावली चाँडो पारित गर्न माग
सरुवा पीडित शिक्षक केन्द्रीय संघर्ष समितिले संशोधित शिक्षा नियमावली चाँडो पारित गर्न माग गरेको छ ।
अहिलेको निर्देशिकाले शिक्षकहरू मर्कामा परेकाले संशोधित नियमावली मन्त्रिपरिषद्मार्फत छिटो पारित गराउन समितिले माग गरेको हो । ‘हामी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसमक्ष उक्त संशोधित शिक्षा नियमावली आजकै मितिमा मन्त्रिपरिषद्बाट अविलम्ब पारित गरी कार्यान्वयनमा ल्याउन जोडदार अनुरोध गर्दछौं’, समितिले विज्ञप्तिमार्फत भनेको छ।
शिक्षा क्षेत्रको विद्यमान अन्योलता अन्त्य गर्न तथा शिक्षकको सन्तुष्टि र न्यायपूर्ण नीति हो भन्ने यथार्थ आत्मसात् गरी समयमै दूरदर्शी निर्णय लिन पनि अनुरोध गरिएको छ ।
टिप्पणीहरू