पञ्जीकरण सेवा अवरुद्ध

पञ्जीकरण सेवा अवरुद्ध

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको सेवा अवरुद्ध भएको छ । विभागको सूचना प्रणालीमा समस्या आएपछि हिजोदेखि सेवा अवरुद्ध भएको हो । विभागले आज एक सूचना जारी गर्दै सूचना प्रणाली मर्मत भइरहेको जानकारी दिएको छ । 

‘सूचना प्रणालीमा केही प्राविधिक समस्या आएको र यसको मर्मत कार्य जारी रहेकोले सो कार्य पुरा नभएसम्म विभाग सम्बद्ध देहायका सेवाहरु अवरुद्ध भएको व्यहोरा सबै सरोकारवाला एवं सेवाग्राहीहरुको जानकारीका लागि यो सूचना प्रवाह गरिएको छ’,सूचनामा भनिएको छ,‘मर्मतको कार्य सम्पन्न हुनासाथ सेवा प्रवाह सूचारु हुने जानकारी गराउँदछौं ।’

विभागका अनुसार अनलाइनमार्फत राष्ट्रिय परिचयपत्रको विवरण संकलन तथा कार्ड वितरण, राष्ट्रिय परिचयपत्रको विवरण सच्याउने, जन्मदर्ता गर्दाका बखत राष्ट्रिय परिचय नम्बर प्राप्त, राष्ट्रिय परिचय नम्बर जैविक विवरणबाट प्रमाणिकरणलगायतका सेवा बन्द भएको छ ।

टिप्पणीहरू