धनगढीबाट काठमाडौं आउँदै गरेको बसमा खैरो हेरोइन

धनगढीबाट काठमाडौं आउँदै गरेको बसमा खैरो हेरोइन

लागुऔषधसहित एक युवक पक्राउ परेका छन् । कैलालीको घोडाघोडी नगरपालिका–५ बस्ने २५ वर्षीय कृष्णबहादुर कुँवर खैरो हेरोइनसहित समातिएका हुन् । 

प्रहरीले धनगढीबाट काठमाडौं आउँदै गरेको सार्वजनिक यातायात चन्द्रागिरी नगरपालिका–२, नागढुंगास्थित चेकप्वाइन्टमा चेकजाँच गरेको थियो । सो क्रममा बसमा सवाररत कुँवरको खल्तीमा ६ ग्राम खैरो हेरोइन भेटिएको हो । 

उनलाई तत्काल नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू