मन्त्रि छान्न बालुवाटारमा बैठक
मन्त्रिपरिषद विस्तारबारे छलफल गर्न सत्ता गठवन्धनका शीर्ष नेता छलफलमा जुटेका छन् । सरकार गठनको डेढ महिना बितिसक्दा पनि मन्त्रिपरिषदले पूर्णता: नपाएको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाको आलोचना भैरहेका बेला सत्ता साझेदार काँग्रेस,माओवादी केन्द्र र एकीकृत समाजवादीका शीर्ष नेता छलफलमा जुटेका हुन्।
प्रधानमन्त्री निवास बालुवाटारमा जारी छलफलमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल सहभागी हुनुहुन्छ ।
नेताहरुबीच मन्त्रिपरिषद विस्तार र समसामायिक राजनीतिका बारेमा छलफल भैरहेको बताइएको छ । स्रोतका अनुसार आज या भोलिमै मन्त्रिपरिषदलाई पूर्णता: दिने तयारी छ।
असार २९ गते प्रधानमन्त्रीको शपथ लिनुभएका देउवाले ५ जना मात्र मन्त्री नियुक्त गर्नुभएको छ । सरकार गठनमा निर्णायक भूमिका खेल्नुभएका माधव नेपालको पार्टीले आधिकारिकता नपाएका कारण सरकार विस्तार रोकिएको भनिएको थियो। तर, माधव नेपालले एमालेबाट बिद्रोह गरी नेकपा एकीकृत समाजवादी पार्टीको वैधानिकता पाइसक्दा पनि सरकारले पूर्णता: पाउन सकेको छैन ।
टिप्पणीहरू