आज संक्रमितभन्दा निको हुनेको संख्या बढी
गत २४ घण्टामा मुलुकभर १ हजार ३८८ जनामा कोरोना संक्रमण भेटिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टाको अवधिमा उक्त संख्यामा संक्रमित पुष्टि गरेको हो ।
त्यसैगरी सो अवधिमा कोरोना संक्रमणबाट २४ जनाको निधन भएको छ ।
संक्रमितको संख्या बढिरहेका बेला आज कोरोना निको हुनेको संख्या पनि धेरै छ । २४ घण्टामा २ हजार २६० जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । योसँगै हालसम्म मुलुकभर आज ३५ हजार ७ सय ९६ जना सक्रिय संक्रमित रहेका छन् ।
मन्त्रालयका अनुसार २४ घण्टामा ६ हजार २५९ जनामा पीसीआर तथा ३ हजार ३८ जनामा एन्टिजेन गरी १० हजार २९७ जनामा परीक्षण गरिएको थियो ।
टिप्पणीहरू