संक्रमितभन्दा निको हुने धेरै, २० को निधन
आज कोरोना संक्रमणका कारण २० जनाले ज्यान गुमाएका छन् भने थप १ हजार ८९ जनामा संक्रमण पुष्टी भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार १ सय ७० जनामा पीसीआर तथा २ हजार ८ सय १ जनामा एन्टिजेन गरी ७ हजार ९ सय ७१ जनामा परीक्षण गरिएको थियो ।
यसबीचमा १ हजार ५ सय ३४ जना संक्रमणमुक्त भएका छन् । प्राप्त पछिल्लो विवरणअनुसार हाल मुलुकभर ३१ हजार २ सय ४८ जना सक्रिय संक्रमित छन् ।
टिप्पणीहरू