अविरल वर्षापछि कतै वाढि कतै डुवान
गएरातिदेखिको निरन्तर वर्षाले देशभरका अधिकांश स्थानमा बाढी र पहिरोको जोखिम बढेको छ। अविरल वर्षा कै कारण उपत्यकाका विभिन्न स्थान डुबानमा परेका छन ।
बल्खुको तरकारी बजार, कुलेश्वरको हाउजिङ क्षेत्र, कोटेश्वरको नरेफाँट, चावहिल, बालाजु , नेपालटारको तल्लो क्षेत्र, शंखमुल पार्क, कालिमाटीको तरकारी बजार क्षेत्र भारी वर्षाको कारण डुबानमा परेका हुन्।
त्यस्तै भक्तपुरको राधेराधे क्षेत्र पनि डुबानमा परेको छ। बाढी पहिरोले गर्दा हजारौ नागरिकको जनजीवन प्रभावित बन्न पुगेको छ । बागमती नदी बल्खु क्षेत्रको सुकुम्बासीमा पसेपछि सुकम्बासीका घर टहरा डुवानमा परेका छन ।
सडक छेउछाउ पार्किङ्ग गरी राखिको गाडीहरु पनि वर्षाले डृबाएको छ । त्यस्तै, अरनिको राजमार्गअन्तर्गत भुम्लु–१० स्थित दोलालघाट पुल जोखिममा परेको छ । मेलम्ची खोलामा आएको बाढीका कारण इन्द्रावती नदीमा पनि पानीको सतह बढेपछि उक्त मोटरेबल पुल जोखिममा परेको हो ।
चाखोलामा आएको बाढीले पाँच वटा घर पुरै डुबानमा परेको भुम्लु गाउपालिकाका स्थानीयबासी क्रान्ति दोङले बताउनु भएको छ । घरहरु डुबानमा परेपनि मानवीय क्षति भने नभएको दोङको भनाइ छ ।
यता, बनेपा स्थित पुण्यमाता खोलामा आएको बाढीका कारण बनेपाको पुलबजार क्षेत्र डुबानमा परेको छ । डुबानका कारण अरनिको राजमार्गमा यातायात सञ्चालनसमेत अवरुद्ध भएको छ ।
टिप्पणीहरू