दीक्षान्त समारोहमा भाग लिने कसले ? अनलाइन फारम भर्नुहोस्

दीक्षान्त समारोहमा भाग लिने कसले ? अनलाइन फारम भर्नुहोस्

त्रिभुवन विश्वविद्यालय,परीक्षा नियन्त्रण कार्यालयले ४७ औं दीक्षान्त समारोहमा भाग लिने विद्यार्थीहरूलाई अनलाइन फारम भर्न सूचना जारी गरेको छ ।

वि.सं. २०७७ साल आषाढ १ गतेदेखि २०७८ साल ज्येष्ठ ३१ गतेसम्ममा सेमेष्टर तथा वार्षिक परीक्षा प्रणालीअनुसार स्नातक, स्नातकोत्तर तथा एमफिल तह उत्तिर्ण गरी ट्रान्सक्रिप्ट लिएका विद्यार्थीहरू र सोही अवधिभित्र विद्यावारिधि (पिएचडी) तह पूरा गर्नेहरूले मात्र दीक्षान्त समारोहमा भाग लिन पाउने सूचनामा उल्लेख छ ।इच्छुक विद्यार्थीले २०७८ साल आश्विन २० गतेसम्म परीक्षा नियन्त्रण कार्यालयमा आईपुग्ने गरी आवेदन पेश गर्नुपर्ने सूचनामा उल्लेख छ ।

अनलाइन फारम कार्यालयको वेवसाइट tuexam.edu.np.convocation मा भर्न सकिन्छ । दीक्षान्त तथा प्रमाणपत्र शुल्क भने तहअनुसार छुट्टाछुट्टै रहेको पनि सूचनामा उल्लेख छ ।

टिप्पणीहरू