सम्पत्ति शुध्दिकरणमा नयाँ हाकिम ल्याउन ठिक्क
प्रधानमन्त्री शेरबहादुर देउवाले क्याबिनेट बिस्तार गर्न नसके पनि मातहतका कार्यालयमा भने पकड बिस्तार गर्न थाल्नुभएको छ ।
रणनीतिक हिसाबले निकै महत्वपूर्ण मानिएको सम्पत्ति शुध्दिकरण अनुसन्धान विभागमा गजेन्द्र ठाकुरलाई हटाएर आफू अनुकूलको मान्छे ल्याउने गृहकार्य थाल्न अह्राउनुभएको छ ।
यसअघिका प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थ मन्त्रालय मातहत रहेको उक्त विभागलाई आफू मातहत ल्याउनुभएको थियो । आन्तरिक राजनीतिमा रणनीतिक महत्व राख्ने सम्पत्ति शुध्दिकरण अनुसन्धान विभागको महानिर्देशक परिवर्तनको खेल शुरु भएको बताइन्छ ।
हाल भक्तपुरमा प्रमुख जिल्ला अधिकारी रहेका प्रेम भट्टराईलाई विभागको महानिर्देशक बनाउने तयारी अन्तिम चरणमा पुगेको स्रोतले बताएको छ ।
भट्टराई उनै हुन् जो कृष्णप्रसाद सिटौला मन्त्री छँदा निजी सचिव (पीए) थिए । यसअघि ललितपुर महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत पनि उनै थिए,महेश बस्नेतको रोजाइमा परेर भक्तपुर पुगेका हुन् ।
टिप्पणीहरू