अग्रवालको २३ लाख सामाजिक सञ्जालभरि छ्याप्छ्याप्ती
हिजो दिउँसो २३ लाखको चेक सम्बन्धित व्यक्ति र संस्थाले हराएपछि सामाजिक सञ्जालमा छ्याप्छ्याप्ती भएको छ । अग्रवाल सेक्युरिटिजले आयुष अग्रवालको नाममा लेखेको २३ लाख ११ हजार ३ सय २० रुपैयाँ ४२ पैसाको चेक फेला परेकाले सम्पर्क राख्न भन्दै सामाजिक सञ्जालमा फोन नम्बरसहित जानकारी गराइएको छ ।
ग्लोबल आइएमई बैंक,कमलादी शाखाको उक्त चेक नियमानुसार सम्बन्धित व्यक्तिको खातामा जम्मा गर्नुपर्ने एकाउण्टपेयी हो । १० लाख रुपैयाँभन्दा माथिको कारोबार नगदमा गर्न नपाइने भएकाले त्यस्तो चेकको रकम कसैले भेट्टाउँदैमा भुक्तानी नहुने व्यवस्था छ । स्वयम् अग्रवालको पनि खातामा जम्मा हुन्छ,नगद भुक्तानी पाउँदैनन् ।
तर,सेक्युरिटिज कम्पनीले जारी गरेको र अग्रवाल अर्थात मारवाडी परिवारका व्यक्तिको नामको उक्त चेक यसबीचमा बेचबिखन गरिएको सेयरको रकम हुनसक्ने अनुमान गरिएको छ ।
सेयरको भाउमा उतारचढाव आउँदा व्यापारीले आफ्नै खल्तिमा भएको चेक पनि बाटोमा झार्दै हिँडेकाले व्यापारी तथा व्यवसायीहरु निकै तनावमा रहेको हुनसक्ने सरोकारवालाहरुले बताएका छन् ।
टिप्पणीहरू