“मलामी जाँदा पनि बाजा बजाएर नाच्दै हिँड्न बेर लाउँदैनन्’-प्रचण्ड

“मलामी जाँदा पनि बाजा बजाएर नाच्दै हिँड्न बेर लाउँदैनन्’-प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झुट र धोकाको पर्याय भएको बताउनुभएको छ ।

आज पार्टी मुख्यालय पेरिसडाँडामा सूर्यनाथ राम यादवको स्मृतिमा आयोजित कार्यक्रममा बोल्दै उहाँले ओली जत्तिको झुट बोल्न सिपालु मान्छे सम्भवतः मुलुकमा अरु कोही नभएको दाबी गर्नुभयो । ‘आफैँ धोकेवाज छन्,अरुलाई धोका दिएको आरोप लगाउँछन्,’ भन्दै प्रचण्डले भन्नुभयो, ‘ओलीको जीवन नै धोकै धोकामा बितेको देखिन्छ ।’

ओलीले उखान टुक्का सुनाउँदा गडगडाहट ताली बजाउने देखेर आफू हैरान भएको प्रचण्डले टिप्पणी गर्नुभयो । ‘केपी ओलीले उखान टुक्का सुनाउँदा ताली लगाउने देखेर हैरान हुन्छु । के बुझेर ताली लाउँछन् तिनले ?’ उहाँको प्रश्न छ ।

ओली गत असारमा बालुवाटारबाट निस्कँदा बाजा बजाएर बालकोट गएकोमा कटाक्ष गर्दै प्रचण्डले भन्नुभयो, ‘हुन त केपी त्यस्ता मान्छे हुन् जो मलामी जाँदा नि बाजा बजाउँदै, नाच्दै हिँड्छन् जस्तो लाग्छ ।’

टिप्पणीहरू