केन्द्रीय कार्यालयबाट निजामती कर्मचारीहरु गिरफ्तार
नेपाल निजामती कर्मचारी संगठनका रेवन्त गौतमलगायत एक दर्जन नेतालाई प्रहरीले गिरफ्तार गरेको छ । उनीहरु संगठनको कार्यालयमा आज पद बहाली गर्न जाँदा प्रहरीले समातेको हो ।
गिरफ्तार सबैलाई पुलिस क्लब भृकुटीमण्डप पुर्याइएको छ । त्यसमध्ये एक जना कर्मचारी नेता कलाम खत्रीमाथि निर्घात कुटपिट भएको छ । संगठनको नयाँ नेतृत्व कार्यालयमा बहाली गर्न जाँदा प्रहरीले गिरफ्तार गरेको हो । आजको उक्त अवस्थाले एमाले र नेकपा एकीकृत समाजवादी निकट कर्मचारीहरुबीच झडप हुने अवस्था बनेको छ ।
बिभाजनमा गएकाहरुले यसअघि पटक पटक निजामती कर्मचारीहरुलाई ट्रेड युनियन अधिकार नै दिनु हुँदैन भन्दै लबिङ गरेको र तिनै संगठनको नेतृत्वमा पुगेको परिणामबाट झण्डै अढाई दशकपछि संगठनमा विभाजन आएको बताइन्छ । उनीहरुले भनेका छन्, ‘ट्रेड युनियन अधिकार खोस्न उध्यत हुँदै आएकाहरुले प्रहरी लगाएर यस्तो हर्कत गराएका हुन् ।’
टिप्पणीहरू