गुप्तचर हाकिम घर गए

गुप्तचर हाकिम घर गए

एकथोकको कमाण्ड सम्हाल्नुपर्ने कमाण्डर अर्कै कमाण्डको आरोप लागेपछि आपतमा परेका छन् । गुप्तचर (राअवि) का डिआइजी सुमन वैद्यलाई यस्तो भुक्तमान आइलागेको हो ।

हालः गण्डकी प्रदेशको कमाण्डरका हिसाबले पोखरामा तैनाथ वैद्यले हेटौंँडास्थित बागमती प्रदेशको कमाण्ड सम्हाल्दा प्रहरीको हवल्दारसरहका गार्ड (सहायक सूचक) सुरेन्द्र वस्तीकी पत्नीलाई आफूमाथि दुव्र्यवहार गरेको बात लाग्यो । सिंहदरबार, पुतलीबगैँचास्थित विभागको मुख्यालयले कुरा बुझ्दा वैद्यमाथि लागेको आरोप असत्य ठहर भयो र उनी गण्डकी पठाइएका हुन् ।

आफैंले निजलाई जागिर लगाएको, आमा, पत्नी र १८ वर्षका छोरासमेत हेटौंडामा आफूसँग भएको नेवार परिवारको एउटा सोझो र इमान्दार अफिसरलाई एआईजीमा बढुवाको मुखमा यस्तो तुच्छ आरोप लगाएर हतोत्साही गराउँदा कर्तव्यपरायण राष्ट्रसेवकको मनोबल गिर्ने उनी बताउँछन् । आफ्नो दोष भेटिए जतिसुकै सजायँ भोग्न तयार रहेको तर सतप्रतिशत झूठो प्रपोगण्डाले कसैको पनि हित नगर्ने उनको जिकिर छ ।

यसैबीच, गुप्तचरका प्रशासन प्रमुख तथा १ नम्बर डिआइजी लक्ष्मण गुरुङ आजदेखि रिटायर्ड भए । अब कूलदेव थापा, हुतराज थापा, सुनील ढकाल, हरिहर पौडेल, ओम जोशीसहितका डिआइजीमध्येहरू एआइजी लाइनमा छन् ।

अहिलेका विभागीय प्रमुख गणेश अधिकारीको चार–पाँच महिनामा पदीय अवधि पूरा हुँदैछ । त्यसपछि यदु खरेलले जासुसी संयन्त्र सञ्चालन गर्नेछन् ।

टिप्पणीहरू