एमालेले को-को केन्द्रीय सदस्य थप्ने ?

एमालेले को-को केन्द्रीय सदस्य थप्ने ?

नेकपा एमालेमा १० बुँदे सहमति कार्यान्वयन कार्यदलको बैठक शुरु भएको छ । उपाध्यक्ष भीम रावलको अध्यक्षतामा भएको बैठकमा थपिने केन्द्रीय सदस्यको अन्तिम नामावलीवारे छलफल हुने बताइएको छा ।

नेकपा एमालेमा १० बुँदे कार्यान्वयन,सुदूर पश्चिममा देखिएको खटपट आदि विषयमा समेत आज छलफल हुने बताइएको छ । आजको बैठकले केन्द्रीय सदस्यहरुको नामावलीलाई अन्तिमरुप दिनेगरी छलफल शुरु भएको सहभागी एक नेताले जानकारी दिए ।

माधव खेमाबाट थपिने केन्द्रीय सदस्यहरुको नामावली उपाध्यक्ष रावल र नेता सुरेन्द्र पाण्डेको डायरीमा बन्द भइसकेको बताइएको छ । दश बुँदे कार्यान्वयन समितिमा उपाध्यक्ष रावल,महासचिव इश्वर पोखरेल,उपमहासचिव घनश्याम भुसाल र विष्णु पौडेल,शंकर पोखरेल,सुरेन्द्र पाण्डे र लेखराज भट्ट रहेका छन् ।

टिप्पणीहरू