ओली र मिडियावीचको त्यो शिष्ट आक्रमण
नेपालको समकालीन राजनीतिक नेतृत्वमा एमाले अध्यक्ष केपी शर्मा ओलीको पृथक पहिचान छ । खासगरी फरक विचार राख्ने पक्षसंग असहिष्णुता देखाउने गरेको आरोप उहाँमाथि लाग्ने गरेको छ । चोटिला अभिव्यक्तिले विरोधी खेमालाई प्रहार गर्नु ओलीको अर्को विशेषता हो ।
नेकपा हुँदै एमालेसम्मको विभाजन र सत्ताबहिर्गमनको मूल कारण अरुको अस्तित्व स्वीकार नगर्ने ओलीको कार्यशैली जिम्मेवार ठान्नेहरु पनि छन् । ओलीलाई दम्भी,अहंकारी र निरङ्कुश बनेको आरोप पनि लाग्ने गरेको छ ।
एक जना सम्पादकका अनुसार ओलीको मुखाकृति निकै डाउन थियो । उहाँमा हिजोको जस्तो सत्ताको कुनै उन्माद थिएन ।
सारमा भन्दा आफ्ना अडान नछोड्ने,सहजै अरुको अस्तित्व स्वीकार नगर्ने,आफ्नाविरुद्ध बोल्ने/लेख्नेविरुद्ध कडा रुपमा प्रस्तुत हुने ओलीको कार्यशैली हो । उनै ओली हिजो सञ्चारमाध्यमका सम्पादकहरुसंगको अन्तरक्रिया कार्यक्रममा भने निकै शान्त, शालिन,सन्तुलित र संयमित रुपमा प्रस्तुत हुनुभएको छ ।
सरकारमा हुँदा पत्रकारसँग पनि अनुदार बनेको आरोप खेप्नुभएका ओलीको हिजोको शालिन प्रस्तुति देख्दा अन्तरक्रियामा पुगेका सम्पादकहरु जिल खाएर फर्किए ।
ओलीलाई घिमिरेले राजनीति विकृत हुनुमा ओली पनि उत्तिकै जिम्मेवार रहेकाले अरुलाई दोष दिएर उम्कन नमिल्ने बताउनुभयो ।
सधैँ आक्रामक र कडा रुपमा प्रस्तुत हुने ओलीले बानेश्वरस्थित अल्फाबिटामा आयोजित अन्तरक्रिया कार्यक्रममा निकै नरम र शान्त भएर कुराकानी गरेको एक सम्पादकले बताए । पत्रकारका कडा प्रश्नको पनि ओलीले सहज रुपमा जवाफ दिनुभएको थियो । केहीको जवाफ दिनुभयो,केहीको दिनुभएन,तर,सधैँजस्तो उहाँ आक्रामक हुनुहुन्नथ्यो । शान्त र संयमित भएरै जवाफ दिनुभयो’, सहभागी एक सम्पादकले भन्नुभयो ।
ओलीले बरु प्रेससँग सम्बन्ध सुधार गर्न चाहेको भन्दै विगतमा आफ्नोतर्फबाट अर्घ्येल्याइँ भएको स्वीकार गर्नुभयो । ‘मेरोतर्फबाट गरिएको खटपट पनि अर्घेल्याइँ नै हो । अब साथीहरू (पत्रकार)का तर्फबाट गरेको खटपट पनि पक्कै राम्रो थिएन होला’,संयमित हुँदै ओलीले भन्नुभएको थियो ।
‘अरुले मध्यराती अधिवेशन अन्त्य गरे,तपाईंले त विघटन नै गर्नुभयो’, ती सम्पादकले भने ।
ओलीले विगतका खटपट बिर्सेर नयाँ ढंगले सम्बन्ध बनाउन चाहेको बताए पनि मिडिया भने कडा रुपमा प्रस्तुत भएको थियो । तर, ओलीमा त्यो कडापन देखिएन, बरु हरेक प्रश्नको संयमित भएर जवाफ दिइरहनु भएको थियो । कार्यक्रममा पुगेका एक सम्पादकका अनुसार ओलीको मुखाकृति निकै डाउन थियो । उहाँमा हिजोको जस्तो सत्ताको कुनै उन्माद थिएन ।
शुरुमै करिब २५ मीनेट आफ्ना कुरा राखेर सम्पादकहरुलाई प्रश्नका लागि आग्रह गर्नुभएका ओली शिलापत्रका सम्पादक बसन्त बस्नेतको आक्रमणमा परिहाल्नुभयो । मिडियाले लेख्ने भाषाको प्रसंग निकालेर विगतमा ओलीका अभिव्यक्ति बस्नेतले स्मरण गराउनुभयो । प्रधानमन्त्री हुँदा राष्ट्रपति र प्रधानमन्त्रीलाई ‘तिमी’ सम्बोधन गरेर लेखेकोमा मिडिया ओलीको आक्रमणमा परेको थियो । त्यसैलाई संकेत गर्दै बस्नेतले भाषाको कुरा निकालेर ओलीमाथि प्रहार गर्नुभएको हो ।
‘आमाले सोध्लिन् नै खै छोरा भन्लिन्’, ‘ईश्वर तैँले रचेर फेरि,कसरी बिगारिस्’ गीतको उदाहरण दिएर बा,आमा र भगवानलाई पनि तिमी भनिएको बस्नेतले दाबी गर्नुभयो ।
बस्नेतले अहिले देउवा प्रधानमन्त्री हुँदा पनि मिडियाले तिमी नै सम्बोधन गरेको भन्दै नागरिक र शासकलाई एउतै दर्जामा सम्बोधन गरेको सुनाउनुभयो । बस्नेतलाई ओलीले संयमित भएरै जवाफ दिँदै प्रतिप्रश्न गर्नुभयो, ‘बा,आमालाई के भन्नुहुन्छ ? लेख्दा मात्रै त्यस्तो (तिमी) लेख्ने हो ?’
बस्नेतले बा-आमा र भगवानलाई पनि तँ भन्ने गरेको भन्दै गीतको उदाहरण दिनुभयो । ‘आमाले सोध्लिन् नै खै छोरा भन्लिन्’, ‘ईश्वर तैँले रचेर फेरि,कसरी बिगारिस्’ गीतको उदाहरण दिएर बा,आमा र भगवानलाई पनि तिमी भनिएको बस्नेतले दाबी गर्नुभयो । संगसंगै उहाँले अब कम्तिमा अब १५-१६ महिना भाषाको बहस सुन्नु नपर्ने भन्दै ओलीमाथि कटाक्ष पनि गर्नुभयो ।
“कालो धनको कुरा उठ्दा अर्का सम्पादक तीर्थ कोइरालाले उल्टै ओलीमाथि सम्पत्ति शुध्दिकरण अनुसन्धान विभागलाई प्रधानमन्त्री मातहत ल्याउने तपाईं नै हो नि भनेर प्रश्न उठाउनु भएको थियो ।”
भाषाको प्रश्नलाई सहज रूपमा लिनुभएका ओलीमाथि वरिष्ठ पत्रकार युवराज घिमिरेले पनि कडा प्रश्न गर्नुभयो । सत्ता गठवन्धन,सरकार र सभामुखमाथि खनिनुभएका ओलीलाई घिमिरेले राजनीति विकृत हुनुमा ओली पनि उत्तिकै जिम्मेवार रहेकाले अरुलाई दोष दिएर उम्कन नमिल्ने बताउनुभयो । ०६३ पछि भएका सबै निर्णयको सबै नेताहरुले सामूहिक जिम्मेवारी लिनुपर्ने घिमिरेको भनाइको ओलीले प्रतिवाद गर्नुभएन ।
मध्यराति संसद अधिवेशन अन्त्य गरिएको भन्ने ओलीको भनाइमाथि पनि एक सम्पादकले कडा टिप्पणी गरेका थिए । ‘अरुले मध्यराती अधिवेशन अन्त्य गरे,तपाईंले त विघटन नै गर्नुभयो’, ती सम्पादकले भने । संसद अधिवेशन अन्त्य गरेर अध्यादेश ल्याइएकोमा असन्तुष्टि जनाउनुबाहेक ओलीले यसको खुलेर भने जवाफ दिनुभएन ।
‘तपाईंले पार्टीको बैठकमा उनीहरुलाई माफ दिएँ भन्नुभयो, अनि माफ दिएको मान्छेलाई कारवाही किन गर्नुहुन्छ ?
सेतोपाटीका सम्पादक अमित ढकालले चैं अध्यादेशको विरोध गर्न ओलीसँग नैतिक बल नभएको टिप्पणी गर्नुभयो । ‘देउवाले ल्याएको अध्यादेश असंवैधानिक हो भने तपाईंले ल्याएको पनि असंवैधानिक नै हो । त्यसैले हामीले अध्यादेशको विरोध गर्न मिल्छ,तपाईंले मिल्दैन’, ढकालको भनाइ थियो । ओलीले ४० र २० प्रतिशतको कुरा निकालेर आफूले ल्याएको अध्यादेशको बचाउ गर्ने प्रयास गरेपनि विश्वासिलो आधार भने दिन सक्नुभएन ।
कालो धनको कुरा उठ्दा अर्का सम्पादक तीर्थ कोइरालाले उल्टै ओलीमाथि सम्पत्ति शुध्दिकरण अनुसन्धान विभागलाई प्रधानमन्त्री मातहत ल्याउने तपाईं नै हो नि भनेर प्रश्न उठाउनु भएको थियो ।
एकजना सम्पादकले चैं तपाईंमा आत्मालोचना भन्ने शव्दको प्रयोग कहिले होला भनेर कटाक्षपूर्ण प्रश्न गरेका थिए ।
एमाले छोडेका १४ सांसदलाई कारवाहीको माग राखेर संसद अवरुध्द गर्ने एमालेको कदमको पनि सम्पादकहरुले आलोचना गरेका थिए । १४ जनालाई तीनचोटी कारवाहीको निर्णय गरेर तीनचोटी फिर्ता लिएको भन्दै एक सम्पादकले सभामुखमाथि प्रश्न उठाउँदा आफ्नो निर्णय पनि हेर्न सुझाव दिए ।
‘तपाईंले पार्टीको बैठकमा उनीहरुलाई माफ दिएँ भन्नुभयो, अनि माफ दिएको मान्छेलाई कारवाही किन गर्नुहुन्छ ? स्पिकरको कुरा गर्दै गर्दा सुवास नेम्वाङ्गको गल्तिको पनि विवेचना गर्नुपर्ने हो कि ?’, सम्पादक युवराज घिमिरेले भन्नुभयो ।
अन्तरक्रियामा केही सम्पादकले भने ओलीको प्रशंसा पनि गरेका थिए । ओलीलाई एकैचोटी ‘राजनेता’ र ‘बा’ को विशेषण दिने सम्पादक पनि त्यहाँ थिए । एकजनाले त पौने दुई वर्षपछि ओलीसँग भेट भएकोमा खुशी व्यक्त गरे । लामो समय भेट्न नपाउँदा वीचमा ओली बा सम्बोधन गरेर पत्र लेख्न मन लागेको उनले सुनाए । एकजना सम्पादकले चैं तपाईंमा आत्मालोचना भन्ने शव्दको प्रयोग कहिले होला भनेर कटाक्षपूर्ण प्रश्न गरेका थिए ।
‘जे होस् वातावरण होस्टाइल थियो । जनरल्ली मिडिया हार्ड रुपमा प्रस्तुत भएको थियो । उहाँको स्वभाव र यसअघिका प्रस्तुति हेर्दा ओली हिजो निकै शान्त देखिनुभएको हो’,सहभागी एक सम्पादकले भने ।
टिप्पणीहरू