सर्वदलीय बैठक बहिष्कारमा एमाले र राप्रपा सङसङ्गै

सर्वदलीय बैठक बहिष्कारमा एमाले र राप्रपा सङसङ्गै

प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाउनुभएको सर्वदलीय बैठक प्रमुख प्रतिपक्ष नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बहिष्कार गरेका छन् ।

एमाले र राप्रपाको बहिष्कारका बीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बसेको छ । बैठकमा काँग्रेसबाट प्रधानमन्त्री तथा सभापति देउवा र कानुनमन्त्री ज्ञानेन्द्र कार्की,माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठ सहभागी हुनुहुन्छ ।

त्यस्तै,संसद्को चौथो शक्ति नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव डा. बेदुराम भुसाल बैठकमा सहभागी हुनुहुन्छ । बैठकमा जनता समाजवादी पार्टीबाट वरिष्ठ नेता राजेन्द्र श्रेष्ठले सहभागिता जनाउनुभएको छ ।

जसपाबाट टुक्रिएको लोकतान्त्रिक समाजवादी पार्टीले पनि बैठकमा उपस्थिति जनाएको छ । सो पार्टीका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो बैठकमा सहभागी हुनुभएको छ ।

बैठकमा जनमोर्चा र नेपाल मजदुर किसान पार्टीका तर्फबाट पनि प्रतिनिधित्व रहेको छ । संसद खुलाउनेबारे छलफल गर्न बोलाइएको भनिएको सर्वदलीय बैठकमा सदन अवरुद्ध गरिरहेको प्रमुख प्रतिपक्ष एमालेले आफ्ना प्रतिनिधि पठाएको छैन ।

एमालेले यसअघि यसअघि सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक पनि बहिस्कार गरेको थियो ।

टिप्पणीहरू