जातै जान्थ्यो र सर !

क्रान्तिकारी नेता नेपाली गद्यकविताका पिता एवं नेपाली समस्यामूलक नाटकका प्रणेता गोपालप्रसाद रिमालको जन्मजयन्ती कहिल्यै नमनाएको नेपाल प्रज्ञा(प्रतिष्ठानले यस वर्ष दुई पल्ट कार्यक्रम गरे पनि 'कम्युनिष्ट कवि’ भूपि शेरचनको जन्मदिन मनाएको थाहा छैन ।

कम्युनिष्ट नेतृत्वको पछिल्लो एकेडेमी ०७२ ले पनि आफ्ना पूर्वप्राज्ञ भूपीलाई सम्झन चाहेन । रहस्य के भने यी 'सर्वहारा’ कवि राजदरबारको छत्रछायामा रहेको एकेडेमीको कुर्सीमा ०३६ सालमा थपक्क बस्न गए, जसलाई युद्धप्रसाद मिश्र घोडातबेला भन्थे! त्यसपछि कम्युनिष्टको छिछि र दुर्दुर बनेका यिनलाई एकाधबाहेकले नाम लिनसमेत अप्ठेरो मान्छन्। अशेष मल्ललाई 'गरिमा’का लागि दिएको अन्तर्वार्तामा उनले भने, ।।।म दुई ।।।क’बाट बिग्रिएँ, एक कवि, दुई कम्युनिष्ट । जुन कम्युनिज्मले माथि उठायो, त्यही जरा बिर्सिए भूपीले। एकेडेमीमा पुगेपछि राजा वीरेन्द्रको गान गाए र कविता लेखे। भूपी मात्र किन ? आखिर सबै कुर्सीका भोगी हुँदारेछन्। 

भारतबाट आएर जागिर खाएका, धच गोतामे, मदनमणि दीक्षित, विनोद दीक्षित र महेश आचार्यको नाताले पाएको, ध्रुवचन्द्र गौतम, मोहन कोइराला र गिरिजाप्रसाद प्रधानमन्त्री हुँदा सँगै प्रतिस्पर्धामा रहेका ईश्वरवल्लभले उपकुलपति पद नपाएपछि निकै दुःखमनाउ गरेका थिए, तुलसी भट्टराई, बैरागी काइँला, सनत रेग्मी, गंगाप्रसाद उप्रेती, जीवेन्द्रदेव गिरीसामु। अहिले भूपीको परिवार पनि त्यति चर्चामा छैन । छोरा भूपेश नक्कली सर्टिफिकेट काण्डमा परी पाइलटबाट बिदा भए । छोरी कविता अलि–अलि कविता लेख्थिन्, पछि पत्रकारितामा लागेर त्यो पनि त्यागिन्। कान्छी पत्नी कान्तिलाई कसले सम्झने?

रिमालपछिका प्रखर गद्यकवि भूपीलाई कहिले–कहिले राधेश्याम लेकालीले सम्झन्थे, कि त पोखरेली कविहरूले। बरु सात समुद्रपारिका माइकल हटले बेला बेलामा आएर उनीबारे बोलिदिन्छन्। घुम्ने मेचमाथि बसेका अन्धा राजनीतिकर्मीलाई हाने, भियतनाममाथि अमेरिकी धावाको विरोध गरे, बुद्धु तर वीर र वीर तर बुद्धुहरूलाई व्यंग्य कसे, यो हल्लै हल्लाको देशमा जागरण ल्याए, विदेशमा श्रम गर्नेलाई स्वदेश आउन प्रेरणा दिए, देशलाई डसेर कालो–नीलो बनाउने सर्पको खोजी गरे, एकेडेमीले ८५ औँ जन्मजयन्तीमा उनीबारे सकारात्मक अर्थात् नकारात्मक जे छ त्यही चर्चा चलाइदिए जातै त जाँदैनथ्यो होला नि  गंगाप्रसाद उप्रेती र विष्णुविभु सरहरूको?

टिप्पणीहरू