पन्चा सिंह अध्यक्ष बन्नासाथ जिन्दावाद र मूर्दावाद !
अखिल क्रान्तिकारीको अध्यक्षमा कालिकोटकी पन्चा सिंहलाई माओवादी पार्टीले मनोनीत गरेपछि समर्थन र बिरोध,आलोचना र बधाइ चलिरहेकै बेला असन्तुष्ट पक्ष अहिले पार्टी प्यालेसमा भावी रणनीति तय गर्न बैठक बसिरहेको खबर छ ।
बबरमहलस्थित नेपाल आर्ट काउन्सिल अगाडि एकछिन पहिले एक पक्षले पञ्चा सिंह जिन्दावादको नारा लगायो भने अर्को पक्षले सचिव तिलक भण्डारीको नेतृत्वमा छेवैको कार्की ब्यान्क्वेटमा बिरोधका थप कार्यक्रम तय गर्न भेला गरिरहेको छ जसमा झरीका वीच ३ दर्जन विद्यार्थीको सहभागिता रहेको रिपोर्ट खुमल्टारस्थित पार्टी अध्यक्ष प्रचण्डलाई भर्खर पुर्याइएको छ ।
टिप्पणीहरू