४६ करोड ठगीमा समातिए बैंकर इच्छाराज तामाङ्ग

४६ करोड ठगीमा समातिए बैंकर इच्छाराज तामाङ्ग

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले आज बेलुका बैंकर,ब्यवसायी तथा पूर्व एमाले सभासद इच्छाराज तामाङ्गलाई काठमाण्डौको सुन्धारा क्षेत्रबाट समातेको छ ।

विभिन्न ब्यक्ति वा सँस्थालाई घर वा शेयर दिन्छु भनी बटुलिएको ४६ करोड नतिरेको उजुरीका आधारमा उनी समातिएको ब्यूरो प्रमुख डिआइजी धिरजप्रताप सिंहले जनआस्थालाई बताए ।

तामाङ्गबिरुध्द थुप्रैको उजुरी परेको र यो क्रम जारी रहेकोसमेत थाहा हुन आएको छ । उनीसङ्ग लिनुपर्ने पैसा नपाउँदा र यसनिम्ति बर्षौँदेखि धाउँदा धाउँदै उजुरकर्तामध्येका ६ जनाको मृत्यु भैसकेको समेत बताइन्छ ।

तामाङ्ग सिभिल बैंकका अध्यक्ष हुन्,सिभिल होम्सलगायत थुप्रै कारोवारमा उनको लगानी रहेको छ ।

टिप्पणीहरू